प्रमुख, उपप्रमुख सहित कर्मचारी पनि निलम्वनमा परेपछि गोदावरी नगरपालिका रित्तो, दैनिक कामकाज नै प्रभावित

नेपालभ्युज

प्रमुख, उपप्रमुख सहित कर्मचारी पनि निलम्वनमा परेपछि गोदावरी नगरपालिका रित्तो, दैनिक कामकाज नै प्रभावित

काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीसमेत निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिका रित्तो भएको छ । प्रमुख र उपप्रमुख दुवै नभएपछि रिक्ततामा नगरपालिका कसरी चल्छ भन्ने अर्को प्रश्न उब्जिएको छ ।

उनीहरु निलम्बनमा परेपछि नगरपालिकाको कामकारवाही प्रभावित हुने भएको हो । नगरपालिकाका लेखालगायतका केही शाखा समेत रिक्त भएका छन् ।

नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका थिए ।

अख्तियारले विशेष अदालतमा हिजो १ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच वटा मुद्दा दायर गरेको छ । यी मुद्दामा अलग अलग राजश्वको हिसाब गरिएको र नोक्सान निकालिएको छ ।

अख्तियारले करिब २ वर्ष लगाएर अनुसन्धान गरेको थियो । कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ ।

अख्तियारले उनीहरूसँग राज्यलाई नोक्सान भएको रकम बराबरको बिगो, बिगोको दोब्बर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार हदसम्मको कैद जरिवाना हुनुपर्ने माग गरेको छ । मेयर, उपमेयर, प्रशासकीय अधिकृत र मुद्दा दायर भएका सबै कर्मचारी निलम्बनमा परेका छन् ।

अघिल्लो ५ वर्षमा नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए । मुद्दामा सबै प्रशासकीय अधिकृतलाई प्रतिवादी बनाइएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइरालाले विभिन्न मितिमा जिम्मेवारी सम्हालेका थिए ।

उनीहरु विरुद्ध विभिन्न क्रसर उद्योगहरुलाई कम राजस्व तोकेर राज्यलाई नोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा चलाएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved