लुम्बिनी सरकारले पायो पूर्णता, माओवादी केन्द्रकी केसी बनिन् ऊर्जा मन्त्री

केसीको प्रवेशसँगै लुम्बिनी प्रदेशमा मन्त्रीको संख्या (मुख्यमन्त्रीसहित) १२ पुगेको छ ।

नेपालभ्युज

लुम्बिनी सरकारले पायो पूर्णता, माओवादी केन्द्रकी केसी बनिन् ऊर्जा मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसी मन्त्री बनेकी हुन् ।

केसी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेकी हुन् । उनले सोमबार नै पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

केसीको प्रवेशसँगै लुम्बिनी प्रदेशमा मन्त्रीको संख्या (मुख्यमन्त्रीसहित) १२ पुगेको छ ।

प्रदेश मन्त्रिपरिषद्‌मा एमालेका ५, माओवादी केन्द्रका ३, नागरिक उन्मुक्ति पार्टीका १, एकीकृत समाजवादीका १, जसपाका १ जना मन्त्री छन् । त्यस्तै, १ जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् ।

जोखबहादुर महरा मुख्यमन्त्री बनेपछि गत वैशाख १२ मा मन्त्रालयको संख्या १२ (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित) १२ पुर्‍याइएको थियो । त्यतिबेला ऊर्जा, जलस्रोत तथा सिंचाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नयाँ सिर्जना गरिएका थिए ।

वैशाख १२ मै एकीकृत समाजवादीकी भगवती अधिकारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने मुख्यमन्त्री आफैंले राखेका थिए ।

२०७४ मा प्रदेश सरकार प्रारम्भ हुँदा लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या सात मात्रै थियो । तर मुख्यमन्त्रीहरूले सत्ता साझेदार दलहरूलाई विश्वासमा लिन मन्त्रालयको संख्या बढाउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved