महानगरले भत्काएको सडक पिच गर्दै विभाग, बालेन समर्थकको विरोध (तस्वीरहरू)

महानगरले भत्काएको सडक पिच गर्दै विभाग, बालेन समर्थकको विरोध (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक टाल्न पुगेका सडक विभागका मजदुर र मेयर बालेन्द्र शाहका समर्थकबीच विवाद भएको छ ।

पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने योजनाअनुरूप मेयर शाहले सडक काट्न थालेका थिए ।

तर, सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो ।

महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पिच टाल्न सुरु गरेको हो ।

पिच गर्न थालेपछि नगर प्रहरी र समर्थकहरु पुगेर अवरोध गरेपछि विवाद भएको हो । अहिले नेपाल प्रहरी पनि पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved