तीर्थयात्री बोकेको बस दुर्घटनामा पर्दा कश्मीरमा २२ जनाको मृत्यु, ५७ घाइते

नेपालभ्युज

तीर्थयात्री बोकेको बस दुर्घटनामा पर्दा कश्मीरमा २२ जनाको मृत्यु, ५७ घाइते

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । अन्य ५७ जना घाइते भएका छन् ।

तीर्थयात्री सवार बस जम्मुको चोकीचोरा भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट १ सय ५० फिट तल खसेको छ ।

द हिन्दुका अनुसार उत्तर प्रदेशका र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा सवार थिए ।

उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै थिए । घाइतेहरुको जम्मुको अखनुर अस्पताल र सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केन्द्रीय सरकारले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved