बजेटको प्रतिक्रियाले सरप्राइज्ड भएँ : अर्थमन्त्री पुन

नेपालभ्युज

बजेटको प्रतिक्रियाले सरप्राइज्ड भएँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटका विषयमा आएका प्रतिक्रियाले सरप्राइज्ड भएको बताएका छन् । बजेटमा आलोचना भन्दा पनि प्रशंसा मात्रै भएको सुनेर आफु सरप्राइज्ड भएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले गरेको कार्यक्रममा अर्थमन्त्री पुनले बजेट सन्तुलित भएकैले कतैबाट पनि विरोध नभएको दाबी गरे । बजेटका विषयमा सबै क्षेत्रले सन्तुलित बजेट आएको प्रतिक्रिया दिएको उनले सुनाए ।

करका दर हेरफेर गरिदा केही क्षेत्रलाई मर्का पर्ने कुरा आफूले महशुस गरेको भन्दै उनले समग्र अर्थतन्त्र सुधारको लागि सबैक्षेत्रलाई सहयोग गर्ने अनुरोध पनि गरे ।

‘करको दर हेरफेर गर्दा केही क्षेत्र मर्कामा पर्नुहुन्छ, तर सबैलाई बुझेर सहयोग गर्न अनुरोध गर्छु , उनले भने ‘आफ्नो नाफा घट्न सक्छ तपाईहरुको तर पनि तपाईहरुको सहयोगले अर्को क्षेत्र माथि उठ्छ । अर्थतन्त्र सुध्रिन सक्छ । यो विषयमा सरकारले मर्का पर्ने क्षेत्रसँग अन्तरक्रिया गरेर सबैको चित्त बुझाएर अघि बढ्छ ।’

उनले आर्थिक स्रोत जुटाउनका लागि करका दर हेरफर गर्नुपरेको बाध्यता सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved