काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।
कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।
विशेष ब्यूरोमा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा, डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
Facebook Comment
Comment