काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले पक्राउ परेर जनकपुर लगिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा भर्ना गरिएको उनलाई स्वास्थ्यमा थप समस्या आएपछि सिम्रिक एअरको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो ।
अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो । सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए ।
Facebook Comment
Comment