एजेन्सी । अजय देवगन, बबी देओल सहित अन्य कलाकारहरू हेयरस्टाइलका लागि आलिम हकीम कहाँ जान्छन् ।
आलिम हकीमले एक अन्तरवार्तामा बताएअनुसार उनले ९८ प्रतिशत भारतीय फिल्महरूमा उनले हेयर स्टाइल गर्छन् । आलिम हकीमले विक्की कौशल, रणवीर कपूर, शाहिद कपूर, ऋतिक रोशनहरूको फिल्ममा विभिन्न तरिकाले कपाल काटेका वा स्टाइल गरेका छन् ।
आलिम हकीमका अनुसार उनका बलिउडमा मात्र नभएर दक्षिण भारतीय कलाकारहरू पनि उनका ग्राहक छन् । आलिम हकीमसँग विगत २० वर्षदेखि बलिउडका कलाकारहरू नियमित रूपमा हेयरस्टाइल गराइरहेका छन् ।
आलिम हकीमका अनुसार उनले हेयर स्टाइल गरेको एक लाख भारतीय रूपैंया लिने गर्छन् र यो सबैभन्दा न्यूनतम रकम भएको पनि उनले बताए ।
उनीसँग फिल्मी दुनियाँका कलाकारबाहेक क्रिकेट खेलाडीहरूले पनि हेयर स्टाइल गराउने गर्छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विभिन्न कलाकारहरूसँग तस्वीरहरू शेयर गरिरहेका हुन्छन् ।
Facebook Comment
Comment