राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न सिफारिस

यसअघि कांग्रेस नेतृत्वको गठबन्धन सरकार रहँदा जनमोर्चाले भाग पाए पनि गठबन्धन फेरिएसँगै एमालेले बाजी मारेको हो ।

नेपालभ्युज

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेबाट अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

यसअघि कांग्रेस नेतृत्वको गठबन्धन सरकार रहँदा जनमोर्चाले भाग पाए पनि गठबन्धन फेरिएसँगै एमालेले बाजी मारेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्व राजदूत समेत रहेकी अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved