रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपालभ्युज

रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं ।  ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष आग्रह गरेको छ।

केही पीडित परिवारले शुक्रबार मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टी नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्दार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए। ‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’ मन्त्री लामिछानेले भने।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।





Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved