फ्रेण्डसीप कप

नेपालले दियो बरोडालाई १५७ रनको लक्ष्य

नेपालभ्युज

नेपालले दियो बरोडालाई १५७ रनको लक्ष्य

काठमाडौं। फ्रेण्डसीप कप टी–२० क्रिकेटमा नेपालले बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।

भारतमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

टस जितेर बरोडाले बलिङ रोजेसँगै नेपाल ब्याटिङमामा उत्रिएको थियो। पहिलो ५ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिङलाई सन्दीप जोरा र कुशल मल्लले सम्हालेका थिए।

नेपालका लागि मल्लले २५ बलमा अविजित ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन बनाए। अनिल साह २५, कप्तान रोहित कुमार पौडेल १८, गुल्शन झा १३, कुशल भूर्तेल ९, आसिफ शेख ९ रनमा आउट भए ।

बरोडाका लागि बाबा खानले २ तथा मोहित मोङ्गिया र परिक्षित पतिदारले १–१ विकेट लिए।

फ्रेण्डसीप कपमा नेपाल, बरोडा र गुजरातको सहभागिता छ। २ हप्तापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी लागि नेपाल फ्रेण्डसीप कप खेल्न भारत पुगेको हो। पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved