काठमाडौं आएका हर्क साम्पाङले सडकमा एक्लै उभिएर गरे प्रदर्शन, श्रमदान गर्न जाने तयारी

नेपालभ्युज

काठमाडौं आएका हर्क साम्पाङले सडकमा एक्लै उभिएर गरे प्रदर्शन, श्रमदान गर्न जाने तयारी

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले काठमाडौँमा प्रदर्शन गरेका छन् । २०८४ को निर्वाचन अघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले एकल प्रदर्शन गरेका हुन् ।

केही दिनअघि उनी काठमाडौं आएका छन् । यही मौकामा साम्पाङले बिहानै सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् ।

‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको सडकमा उभिए ।

साम्पाङ धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौँ आएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटिसकेका छन् ।

उनले काठमाडौंमा पनि श्रमदान गर्ने तयारी गरेका छन् । धरान फर्कनुअघि कुनै काठमाडौंकै कुनै ठाउँमा गएर श्रम गर्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved