काठमाडौं। टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले सान्त्वना जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ लाई ३ रनले पराजित गरेको हो। योसँगै ३ खेलको सिरिज भ्रमणकारी टोलीले २-१ ले जितेको छ ।
२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१० रनमात्र बनाउन सक्यो ।
आयरल्याण्ड ‘ए’ का लागि ग्यारेथ डेलानी र मोर्गन टपिङले अर्धशतकीय पारी खेले। ग्यारेथले ३७ बलमा ६८ रन बनाए। मोर्गनले भने बलमा रनको योगदान गरे। यस्तै मोर्गान टोपिङले ६० रन बनाए । फियोन हेडले ७ बलमा २२ रन जोडे ।
नेपालका लागि विपिन खत्रीले २३ रन खर्चेर ३ विकेट लिए। कमल सिंह ऐरी, राशिद खान र नारायण जोशीले भने १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।
नेपाल ‘ए’ का लागि आरिफ शेखले उल्लेख्य पारी खेले। ४.५ ओभर सकिँदा ३ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिङलाई आरिफले सम्हाले।
४८ बलको सामना गरेका आरिफ ७ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ९३ रन जोडे। उनले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
रासिद खानले २४, कमल सिंह ऐरीले १९, बसिर अहमद १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।
नेपाल ‘ए’ का लागि ३ खेलाडीले दोहोरो अंक छुन सकेनन्। लोकेश बमले ८, देव खनालले ६ र नारायण जोशी १ रनमा आउट भए।
आयरल्याण्ड ‘ए’ का लागि फिओन ह्याण्डले २ विकेट लिए।
अब नेपाल ए र आयरल्याण्ड ए बीचको ३ एकदिवसीय खेलको सिरिज भने बुधबार देखि सुरु हुनेछ।
Facebook Comment
Comment