संसद् भवनभित्र प्रवेश गरेका लघुवित्त ऋणी ७ दिन हिरासतमा

नेपालभ्युज

संसद् भवनभित्र प्रवेश गरेका लघुवित्त ऋणी ७ दिन हिरासतमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्रै प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गरेका एक जना पुरूष र ४८ जना महिलालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त, नयाँ बानेश्वरमा राखिएको छ ।

घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved