पहाडीभेगमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालभ्युज

पहाडीभेगमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाइल तस्वीर

काठमाडौ । मुलुकभर आज आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved