मिटरब्याजपीडित र सरकारबीच आज निर्णायक वार्ता हुँदै

नेपालभ्युज

मिटरब्याजपीडित र सरकारबीच आज निर्णायक वार्ता हुँदै

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच आज निर्णायक वार्ता हुने बताइएको छ । हिजोको वार्ता निश्कर्षविहीन भएपछि आज निर्णायक वार्ता गर्नेगरी छलफल टुंगिएको थियो ।

सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुने गृह मन्त्रालयले जनाएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित अन्य निकायका प्रतिनिधिलाई पनि सहभागी गराउने सहमति भएको छ ।

वार्ता निश्कर्षमा नपुगेसम्म सडक आन्दोलन भने जारी रहने पीडितले बताएका छन् । पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved