माओवादी बैठकका कारण समाजवादी मोर्चाको बैठक स्थगित

नेपालभ्युज

माओवादी बैठकका कारण समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।

बैठक अपराह्न चार बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने तयारी थियो ।

बिहान बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक अपराह्न ३ बजेलाई सरेपछि समाजवादी मोर्चाको सचिवालयले बैठक सारेको हो ।

मोर्चाको बैठक अब सोमबार बिहान ८ बजे बस्नेछ । बैठकले काठमाडौंसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तय गर्ने एजेन्डा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved