वडा कार्यालयभित्र युवतीको शव भेटियो, श्रीमान्‌सँग सोधपुछ गरिँदै

नेपालभ्युज

वडा कार्यालयभित्र युवतीको शव भेटियो, श्रीमान्‌सँग सोधपुछ गरिँदै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत भेटिएकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी श्रीमानसहित वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । उनका श्रीमान सोही नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन् । केही महिनाअघि मात्रै उनी विहे गरेर भीमदत्त नगरपालिका आएकी थिइन् ।

घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।

उनीहरुले केही महिनाअघि मात्र प्रेम विवाह गरेका थिए । बिहान ४ बजेतिर मर्निङ्गवाकमा जानेले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved