नेपाल ‘ए’विरूद्धको एकदिवसीय सिरिज क्यानडा- ११ लाई, निर्णायक खेलमा ४ विकेटले विजयी

नेपालभ्युज

नेपाल ‘ए’विरूद्धको एकदिवसीय सिरिज क्यानडा- ११ लाई, निर्णायक खेलमा ४ विकेटले विजयी

काठमाडौं। क्यानडा-११ ले ३ खेलको एकदिवसीय सिरिज २-१ ले कब्जा गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल एलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज कब्जा गरेको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडा ११ ले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसको जितमा निकोलस किर्टोनले नटआउट ५८ रनको योगदान गरे ।

नेपालका लागि शाहब आलमलले ४ तथा बसिर अहमद र शेर मल्लले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ४६.५ ओभरमा १८१ रन बनाएर अलआउट भएको हो। नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रासिद खानले १९, प्रतिस जीसीले १९ रनको योगदान गरे । शाहब आलम र शेर मल्ल डकआउट हुँदा हेमन्त धामी ३ र सागर ढकाल १ रनमा अविजित रहे ।

क्यानडाका लागि हर्श थाकेर, डिलोन हेलिगरले र निकोलस किर्तोनले २-२ तथा साद विन जफर र कलिस सानाले १-१ विकेट लिए।

सिरिजको पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा भने जित निकालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved