न्यायपालिकालाई भरोसाको केन्द्र बनाउन कानून व्यवसायीको भुमिका सर्वोपरी हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

नेपालभ्युज

न्यायपालिकालाई भरोसाको केन्द्र बनाउन कानून व्यवसायीको भुमिका सर्वोपरी हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका  हुन् । प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताए ।

उनले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवर्द्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved