एजेन्सी । कतिपय मानिस मुखबाट दुर्गन्ध आउने समस्याले ग्रस्त हुन्छन् । यस्तो अवस्थामा लज्जाको अवस्था पनि आउन सक्छ । त्यसैले यस्तो समस्या सधैंका लागि निको बनाउनु नै बुद्धिमानी हुन्छ । यहाँ केही घरेलु उपाय छन् जसलाई प्रयोग गरेर मुखको दुर्गन्ध हटाउन सकिन्छ ।
विशेषज्ञका अनुसार मुखबाट दुर्गन्ध आउनुको मुख्य कारण पाचन प्रक्रिया तथा खराब पेटको कारण हो । पेट तथा आन्द्रामा खराब ब्याक्टेरिया बढ्नाले मुखबाट दुर्गन्ध आउन थाल्छ । यस्तोमा मुखको दुर्गन्धबाट राहत पाउन आफ्नो आन्द्रा तथा पेटको स्वास्थ्यलाई सुधार्नुपर्छ ।
पेटको स्वास्थ्य ठिक गर्न तथा मुखबाट आउने दुर्गन्धबाट राहत पाउन खानपानमा फर्मेन्टेड फुड समावेश गराउनुस् ।
प्री तथा प्रोबायोटिक भएका चीजलाई आफ्नो खानपानमा समावेश गरेर पनि आन्द्रा तथा पेटलाई सुधार्न सकिन्छ । जसले गर्दा मुखको दुर्गन्धबाट राहत पाउन सकिन्छ ।
नियमित रुपमा हरियो तरकारीको जुस तथा सुप खाँदा पनि पेटको स्वास्थ्यमा सुधार आउँछ । जसले गर्दा मुखको दुर्गन्ध पनि कम हुन्छ ।
फाइबर स्वास्थ्यका लागि एकदमै आवश्यक चिज हो । त्यसैले फाइबर भएको खानपानमा जोड दिनुस् ।
राम्रो पेटको स्वास्थ्यका लागि चामललाई पकाएर चिसो बनाएर खानु फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत पाउन सकिन्छ ।
भरपूर मात्रामा पानी पनि सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । पानीको कमीले पनि कतिपय अवस्थामा मुखबाट दुर्गन्ध आउने गर्छ ।
मुखको दुर्गन्धबाट राहत पाउनका लागि मुख तथा दाँत पनि सफा राख्न एकदमै जरुरी हुन्छ । त्यसैले दैनिक दिनमा दुईपटक ब्रस गर्नुस् ।
Facebook Comment
Comment