दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय, ५० लाख ब्लडमनि माग

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।

नेपालभ्युज

दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय, ५० लाख ब्लडमनि माग

काठमाडौं । दुबईस्थित जेलमा ५ वर्षदेखि बसिरहेका एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढु‌गाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको उनका साथी घनश्याम थापा मगरले जानकारी दिए ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । सोही घटनामा स‌लग्न रहेको आरोपमा प्रहरीले भुवनलाई नियन्त्रणमा लिएको थियो ।

५० लाख नेपाली रुपैयाँ ब्लडमनी माग

श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो ।

त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको दाइ दिनेशकुमार श्रेष्ठले बताए ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए । अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनी मागिरहेको उनले सुनाए ।

भाइको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।

मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको थिए । त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए ।

घनश्यामका अनुसार, ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved