सूर्यमुखीको बीज महिलाका लागि वरदान

नेपालभ्युज

सूर्यमुखीको बीज महिलाका लागि वरदान

एजेन्सी । भिटामिन सी, एन्टीअक्सीडेन्ट, म्याग्नेशियम, फोलेट, आइरन, क्याल्सियम, जिंक, कपर र सेलेनियम आदि गुणहरुले भरपूर सूर्यमूखीको बीज महिलाहरुको स्वास्थ्यका लागि रामवाण सावित हुन्छ । आउनुहोस् जानौं यसलाई खाँदा कस्ता खालका लाभहरु पाउन सकिन्छ ।

  • महिलाको शरीरमा विभिन्न खाले हर्मोनल परिवर्तन भइरहन्छन् । जसले शारीरिक समस्याका साथै मानसिक तनाव पनि बढ्छ । नियमित सूर्यमुखीको बीज खाँदा यस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
  • खासगरी सूर्यमुखीको बीजले एस्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोनको उत्पादनलाई सन्तुलित गर्दछ जसले गर्दा हर्मोनल सन्तुलन बनिरहन्छ । यसले थायराइड जस्तो समस्याबाट पनि राहत पाउन सकिन्छ ।
  • सूर्यमुखीको बीज गर्भावस्थामा पनि एकदमै फाइदाजनक मानिन्छ । यसको सेवनले गर्भमा हुर्किरहेको बच्चाको विकास राम्रोसँग हुन्छ र आमाको स्वास्थ्य पनि बनिरहन्छ ।
  • सूर्यमुखीको बीजमा फाइटोकेमिकल्स हुन्छन् जसले मौसमी विमारीहरुसँग लड्ने क्षमता प्रदान गर्छ । भाइरल तथा मौसमी फ्लुबाट बच्नका लागि पनि तपाईं सूर्यमुखीको बीज खानुहोस् ।
  • सूर्यमुखीको बीजमा हुने एन्जाइमहरुले पाचनलाई पनि राम्रो बनाउँछ । यसको सेवनले पाचनसँग जोडिएका समस्याबाट राहत पाउन सकिन्छ ।
  • सूर्यमुखीको बीजमा हुने म्याग्नेशियमले शरीरमा भएको फोहोर सफा गर्छ । जसले गर्दा तौल नियन्त्रित रहन्छ र मेटाबोलिज्म पनि बलियो हुन्छ ।
  • सूर्यमुखीको बीजमा भिटामिन बी ३ पाइन्छ जसले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved