पहाडी भेगमा आंशिक बदली, तराईका केही स्थानमा हुस्सु

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली, तराईका केही स्थानमा हुस्सु

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराइका केही स्थानमा हुस्सु लागेको छ ।

कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको पहाडी भुभागका केही स्थानमा वर्षाको सम्भावना छ । आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved