छालाका लागि निकै फाइदाजनक हुन्छ ग्लिसरीन

नेपालभ्युज

छालाका लागि निकै फाइदाजनक हुन्छ ग्लिसरीन

एजेन्सी । जाडोमा छाला सुख्खा देखिन थाल्छ । यस्तोमा छालाका विभिन्न समस्याबाट राहत पाउन ग्लिसरीनको प्रयोग गर्न सकिन्छ । यो छालाका लागि एकदमै फाइदाजनक हुन्छ ।

ग्लिसरीनलाई फेस सीरम, मोइस्चराइज तथा स्क्रबको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यस्तोमा छाला मोइस्चराइज गर्नका लागि एलोवेरा जेल र गुलाब जलसँग ग्लिसरीन राम्रोसँग मिसाएर लगाउन सक्नुहुन्छ ।

ग्लिसरीनले छालालाई मोइस्चराइज गर्छ । यसबाहेक धुलो माटो तथा युवी किरणको कारणले छालालाई ड्यामेज भएको छ भने पनि त्यसलाई ग्लिसरीनले रिपेयर गर्छ ।

ब्ल्याकहेडले छालाको सुन्दरतालाई कम गर्ने काम गर्छ । यस्तोमा ग्लिसरीनले छाला भित्रैदेखि सफा गर्छ । साथमा छालाका पोर्स बन्द गर्छ ।

ग्लिसरीनमा एकदमै धेरै एन्टीएजिंग गुण पाइन्छन् जसले रुखो र सुख्खा छाला मुलायम बनाउने काम गर्छ ।

साथमा यसले छालामा आएका चाउरीपनालाई पनि कम गर्छ । उमेर बढ्दै जाँदा आउने काला दाग पनि कम गर्छ ।

ग्लिसरीनले छालालाई भित्रैदेखि एक्सफोलिएट गर्छ । यसबाहेक छालाका पोर्स पनि बन्द हुन्छन् । यसले अनुहारमा डन्डीफोर आउन पनि कम गर्छ ।

ग्लिसरीनले छाला घामले जलेको पनि कम हुन्छ जसले छालामा निखार आउँछ । यसले युवी किरणबाट हुने नोक्सान पनि कम गर्छ ।

ग्लिसरीनलाई ओंठमा लगाउँदा ओंठको सुख्खापन कम हुन्छ र ओंठको कालोपन पनि कम हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved