माओवादीमा थपिए १८ केन्द्रीय सदस्य

नेपाल भ्युज

माओवादीमा थपिए १८ केन्द्रीय सदस्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा १८ जना केन्द्रीय सदस्य थपिएका छन् । आइतबारबाट काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थप गरेको हो ।

थप हुने सदस्यहरूमा लालबहादुर सुस्लिङ (मोरङ), शंकर राई (खोटाङ), रिपुप्रसाद राई (संखुवासभा), डम्बर सुवेदी (सुनसरी), डा. महादेव महतो (मोरङ), टंक गिरी (मोरङ), रामसुर बुढा (रुकुमपूर्व), पुरन केसी (रोल्पा), राजेन्द्र वीर राय (बाँके) र नारायण महर्जन (काठमाडौं) रहेका छन् ।

यसैगरी हिरानाथ खतिवडा (नुवाकोट), मनऋषि धिताल (जुम्ला), खिलाबहादुर भण्डारी (चितवन), मैनकुमार मोक्तान (रामेछाप), चन्द्रबहादुर खड्का (अर्घाखाँची), विवश चिन्तन देवकोटा (गोरखा) गंगा पोखरेल (कास्की) र विजय बनेम (ताप्लेजुङ) रहेका छन् ।

यस्तै माओवादीले सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चतर्फ पनि केही नेताहरूलाई मनोनीत गरेको छ । सल्लाहकारतर्फ पूर्णसिंह राजवंशी (झापा), लक्ष्मी श्रेष्ठ, (काठमाडौं), बिना पोखरेल (मोरङ) र सुरेश गौतम (गुल्मी) मनोनीत भएका छन् ।

यसैगरी जेष्ठ कम्युनिष्ट मञ्चतर्फ नगेन्द्र धिमाल, (मोरङ), इन्द्रप्रसाद रेग्मी (चितवन) र प्रकाश सुवेदी (बाँके) मनोनीत भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved