यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

नेपालभ्युज

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।

सोमबार बिहान कार्यालय परिसरमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार रिजालमाथि निलो रंगको मसी छ्यापिएको छ ।

महानिर्देशक रिजालले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको उनीहरुको आरोप छ । कालोमोसो दलिएकोबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved