पोर्चुगल पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ

नेपाल भ्युज

पोर्चुगल पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले ३० वर्षीय मञ्जु रावत घर्तीलाई पक्राउ गरेको हो ।

स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीलाई प्रहरीले नयाँवानेश्वरबाट पक्राउ गरेको हो ।

पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र मासिक तलब एक लाख ५० हजार रुपैयाँ हुने प्रलोभन देखाएर उनले ठगी गरेको खुलेको छ ।

पक्राउ परेकी मञ्जुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved