इलेक्ट्रिक ब्ल्यांकेट स्वास्थ्यका लागि कति सही ?

नेपालभ्युज

इलेक्ट्रिक ब्ल्यांकेट स्वास्थ्यका लागि कति सही ?

एजेन्सी । जाडोमा तातो बेडमा सुत्न सबैलाई मन पर्छ । धेरैले बेड तातो बनाउन इलेक्ट्रिक ब्ल्यांकेटको प्रयोग गर्दछन् ।

यो ब्ल्यांकेट र स्वास्थ्यका बारेमा भने बहस भइरहने गर्छ । त्यसैले आज इलेक्ट्रिक ब्ल्यांकेट स्वास्थ्यका लागि कति सुरक्षित छ भन्नेबारे जानौं ।

विशेषज्ञको भनाईअनुसार, इलेक्ट्रिक ब्ल्यांकेट बिछ्याउन वा ओढ्नका लागि प्रयोग गरिन्छ । तर, यसको धेरै प्रयोग गर्नु स्वास्थ्यका लागि सुरक्षित मानिँदैन । कुनै पनि विद्युतीय सामग्रीको सम्पर्कमा लामो समय रहनु हानिकारक हुन्छ ।

यदि तपाईं रातभर यस्ता ब्ल्यांकेट अन गरेर सुत्नुहुन्छ भने छाला पोल्ने, जल्ने आदि समस्या हुन सक्छ । ओभरहिटिङले छाला तथा शरीरमा अन्य समस्या पनि ल्याउन सक्छ ।

घरमा बच्चा छ भने उसलाई यस्ता इलेक्ट्रिक ब्ल्यांकेटबाट टाढा राख्नुहोस् । यो धेरै तातो भयो भने पनि निद्रामा बाधा आउन सक्छ । यसले जैविक प्रक्रियामा पनि बाधा ल्याउँछ । धेरै तातोले रक्तसञ्चार पनि प्रभावित हुन सक्छ ।

यसरी प्रयोग गर्नुहोस् इलेक्ट्रिक ब्ल्यांकेट

  • इलेक्ट्रिक कम्बल धेरै प्रयोग गर्नबाट बच्नुहोस् । आवश्यकता नभएपछि स्वीच बन्द गर्नुहोस् ।
  • यो ब्ल्यांकेटमा सुत्नुअघि बन्द गर्नुहोस् र प्लग पनि निकाल्नुहोस् ।
  • यसलाई ड्राई क्लिन वा धुनबाट पनि बच्नुपर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved