खाना खाएपछि आउँछ अमिलो डकार ? जानौं समाधानको उपाय

नेपालभ्युज

खाना खाएपछि आउँछ अमिलो डकार ? जानौं समाधानको उपाय

एजेन्सी । धेरै भारी तथा मसलादार खाना खाँदा पेटमा गम्भीर समस्या हुन सक्छ ।

जसले गर्दा छाती पोल्ने, अमिलो डकार आउने आदि समस्या देखिन्छ । आउनुहोस् जानौं खाना खाएपछि अमिलो डकार आउँदा कस्तो उपाय अपनाउनुपर्छ-

-मसलादार वा भारी भोजन गरेपछि सोंफ खान सकिन्छ । यसले अमिलो डकार आउने समस्या हुँदैन ।

– अमिलो डकार आउँदा सोंफको पानी पनि पिउन सकिन्छ । त्यसका लागि एक गिलास पानीमा एक चम्चा सोंफ राखेर उमाल्ने र फेरि पानीलाई छानेर पिउनुहोस् । अमिलो डकारबाट राहत पाइनेछ ।

– पेटमा ऐंठन, दुखाई तथा पोल्ने वा अमिलो डकारबाट छुट्कारा पाउनका लागि दही पनि खान सकिन्छ । यसमा पाइने तत्वले पाचन शक्तिलाई राम्रो बनाउँछ ।

– अमिलो डकार आउँदा जिरालाई पानीमा उमालेर त्यसको पानी पिउन पनि सकिनेछ । यसले पाचनसँग जोडिएका समस्याबाट आराम पाइन्छ ।

– पाचनसँग जोडिएका गडबडीलाई ठिक गर्नका लागि मन तातो पानीमा कागती राखेर पनि पिउन सकिन्छ । यसले अमिलो डकारबाट तुरुन्तै राहत पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved