तराईमा हुस्सु र कुहिरो, पूर्वी तथा मध्य क्षेत्रमा हिमपात

नेपालभ्युज

तराईमा हुस्सु र कुहिरो, पूर्वी तथा मध्य क्षेत्रमा हिमपात

काठमाडौ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका पहाडी भूभागमा आंशिक बदली हुने छ । बाँकी भूभागको मौसम समान्यत सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंको न्यूनतम तापक्रम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । दुई दिन यता काठमाडौंको स्थिर तापक्रम विस्तारै बढ्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved