एजेन्सी । कतिपय मानिसमा छाती दुख्ने तथा पोल्ने समस्या देखिएको हुन्छ, जसलाई धेरैले बेवास्ता पनि गर्छन् ।
तर, के तपाईंलाई थाहा छ मुटु सुन्निएको अवस्थामा पनि छाती दुख्ने हुन्छ । जानौं मुटु सुन्निएको अवस्थामा देखिने लक्षणबारे ।
विशेषज्ञका अनुसार कयौं भारइल तथा मौसमी संक्रमण तथा औषधिका कारणले पनि मुटु सुन्निने समस्या हुन सक्छ । यसबाहेक एचआईभीको कारणले पनि मुटु सुन्निने समस्या देखिन्छ ।
मुटु सुन्निएको अवस्थामा तपाईंलाई धेरै नै थकान महसुस हुन थाल्छ । कुनै पनि काम गर्न मन लाग्दैन ।
टाउको घुमिरहने तथा चक्कर लाग्ने समस्या हुनु पनि मुटु सुन्निँदा देखिने एउटा लक्षण हो । बेहोस भएको अनुभव पनि हुन सक्छ ।
मुटु सुन्निएको अवस्थामा शरीरका अन्य भाग पनि खासगरी खुट्टा सुन्निने समस्या हुन्छ । यदि तपाईंलाई पनि यस्ता संकेत देखिएका छन् भने सतर्क हुनुहोस् ।
मुटु सुन्निएको बेला छातीमा दुखाई हुने गर्छ । साथमा तपाईंलाई डर लाग्ने वा आत्तिने जस्तो महसुस पनि हुन सक्छ ।
मुटु सुन्निएको अवस्थामा स्वास फेर्न पनि समस्या हुन थाल्छ । खासगरी केही काम गर्दा वा क्रियाशील भएको अवस्थामा यस्तो समस्या हुने गर्छ ।
Facebook Comment
Comment