दाँतको दुखाईबाट राहत पाउने उपाय

नेपालभ्युज

दाँतको दुखाईबाट राहत पाउने उपाय

एजेन्सी । सही तरिकाले रेखदेख नगर्दा दाँतमा क्याविटी तथा दुखाईको समस्याको सामना गर्नुपर्ने हुन सक्छ । यस्तोमा दाँतको क्याविटीबाट राहत पाउन केही घरेलु उपाय गर्न सकिन्छ ।

दाँतमा दुखाई तथा क्याविटीका लागि ल्वांग एकदमै राम्रो विकल्प हो । यसमा एन्टीइन्फ्लामेटरी र एन्टीब्याक्टेरियल गुण पाइन्छन् जसले क्याविटी भएका ब्याक्टेरियासँग लड्न सहयोग गर्छ ।

यसका लागि तिलको तेलमा ल्वांगको तेल मिसाउनुहोस् र कपासमा डुबाएर दुखेको दाँतमा लगाएर छोड्नुहोस् । यसले दाँतको दुखाई तथा सुन्निएकोबाट राहत हुन्छ ।

दाँतको क्याविटीबाट राहत पाउन नुनको प्रयोग पनि गर्न सकिन्छ । यसमा एन्टीबायोटिक गुण हुन्छ जसले मुखका ब्याक्टेरियासँग लड्न सहयोग गर्छ ।

यसका लागि आधा चम्चा नुनमा तोरीको तेल र कागती मिसाएर पेस्ट बनाउनुहोस् । अब यस पेस्टलाई दाँत र गिँजामा घोटेर केहीबेरमा कुल्ला गर्नुहोस् ।

लसुनमा एन्टीबायोटिक तथा एन्टीब्याक्टेरियल गुण पाइन्छ, जसले दाँतमा भएको क्याविटीको समस्यामा काम गर्छ । यसले दाँतमा भएको दुखाई कम गर्नुका साथै क्याविटीको समस्या कम हुन्छ ।

बेसारमा पनि धेरै औषधीय गुण पाइन्छन् । जसले दाँतलाई समेत स्वस्थ बनाउन सहयोग गर्छ । यसका लागि सुद्ध बेसार लिएर दाँतमा घोटेर केहीबेरमा कुल्ला गरेर सफा गर्नुहोस् ।

मुख तथा दाँतका समस्याका लागि ओयल पुलिंग पनि एउटा राम्रो उपाय हो । यसमा नरिवल वा तोरी कुनै पनि शुद्ध तेल लिनुहोस् र मुखमा पाँच मिनेट जति राख्नुहोस् र थुक्नुहोस् । ध्यान दिनुहोस् उक्त तेललाई निल्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved