के हो ग्यास्ट्रिक स्लिभ सर्जरी ? यसले कसरी तौल कम हुन्छ ?

नेपालभ्युज

के हो ग्यास्ट्रिक स्लिभ सर्जरी ? यसले कसरी तौल कम हुन्छ ?

एजेन्सी । यो एक प्रकारको फ्याट कटिंग सर्जरी हो जसमा पेटको आकारलाई काटेर सानो गराइन्छ । जसले गर्दा तपाईंले एकपटकमा धेरै खान सक्नुहुन्न ।

सर्जरी पश्चात् तपाईंको शरीरमा भोक जगाउने हंगर हर्मोन पनि कम हुन्छन् । जसले गर्दा पटक पटक भोक लाग्दैन । यसले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ अनि तौल पनि बढ्दैन ।

यो सर्जरीका बेफाइदा

  • स्वस्थ विशेषज्ञका अनुसार यो सर्जरी आम रुपमा त्यस्ता व्यक्तिलाई आवस्यक पर्दछ, जसको तौल एकदमै धेरै हुन्छ वा जो व्यक्तिलाई एकदमै धेरै ‘ओभरइटिङ’ को समस्या हुन्छ ।
  • यो सर्जरी गराएपछि शरीरमा पोषक तत्वको कमी हुने तथा पित्तथैलीमा पत्थरी हुने समस्या हुन सक्छ ।
  • यो सर्जरीपछि रक्तश्राव, संक्रमण वा कयौंपटक एनेस्थेसियाको रियाक्सन पनि हुन सक्छ ।
  • समग्रमा यो दुब्लाउन वा तौल कम गर्न राम्रो उपाय होइन । यसले भविश्यमा पेट सम्बन्धी अन्य समस्या उत्पन्न गराउन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved