सिरियामा रहेको अमेरिकी कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण, ६ जनाको मृत्यु

नेपालभ्युज

सिरियामा रहेको अमेरिकी कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकी हवाइ शिविरमाथिको आक्रमण बढ्दै गएको छ । आक्रमण बढ्दै जादा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा असुरक्षित बन्दै गएका हुन् ।

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण हुँदा अमेरिकी सैनिकका ६ सहयोगीको मृत्यु भएको छ ।

आक्रमणमा केही घाइते भएका छन् । इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ ।

सिरियाको पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो । त्यहाँ झण्डै ८ सय अमेरिकी सैनिक कार्यरत रहेको बीबीसीले जनाएको छ ।

यसअघि इरान समर्थित लडाकु समूहले जोर्डनमा रहेको अमेरिकी हवाई क्याम्पमा ड्रोन आक्रमण गर्दा तीन अमेरिकी सैनिक मारिएका थिए ।

त्यसयता अमेरिकी हवाई अड्डामा दोस्रो पटक आक्रमण भएको हो ।

कुर्दिस समूह अमेरिकाको सहयोगमा आतंकवादी संगठन आईएसविरुद्ध लड्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved