कोशी गण्डकी र कर्णालीमा हिमपात, तराइका केही स्थानमा हुस्सु

नेपालभ्युज

कोशी गण्डकी र कर्णालीमा हिमपात, तराइका केही स्थानमा हुस्सु

काठमाडौ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम समान्यत सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

तराईका थोरै स्थानमा हुस्सु ÷ कुहिरो लागेको छ । केही दिनयता, सक्रिय पश्चिमी वायुको प्रभाव विस्तारै कमजोर हुदै गएकाले मौसममा बिस्तारै सुधार हुदै जाने महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved