मुलुकभर पश्चिमी वायुको प्रभाव, अधिकांश स्थानमा वर्षा हुने

नेपालभ्युज

मुलुकभर पश्चिमी वायुको प्रभाव, अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । नेपालको मौसममा अहिले पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु सक्रिय भएसँगै मुलुकभरको मौसम प्रभावित हुने भएको हो । यसकै प्रभावका कारण पश्चिमी क्षेत्रबाट बादल लाग्न थालेको छ । बादल लाग्ने क्रम पूर्व सर्दै आएको महाशाखाले जनाएको छ ।

बादल लाग्ने प्रणाली सक्रिय भइरहेकाले भोलि वर्षाको सम्भाावना अधिक रहेको महाशाखाको भनाई छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज राति वर्षा हुने छ ।

मधेसबाहेक अरू प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । मधेस प्रदेशमा भने विहानी पख हुस्सु लागेपनि वर्षाको सम्भावना भने नरहेको बताइएको छ ।

काठमाडौंमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । काठमाडौंमा शनिबार रातिदेखि आंशिक बदली र आइतबार वर्षा हुने मौसमवीद रोजन लामिछानेले बताए । उनका अनुसार भोलि आइतबार दिउँसो काठमाडौंमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव आइतबार रातिसम्म रहने र सोमबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमवीद् लामिछानेले बताए ।
पानी पर्ने भएकाले आइतबार देशभर चिसो बढ्ने छ । वर्षा रोकिएसँगै विस्तारै तापक्रम बढ्दै जाने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved