एजेन्सी । जाडोमा कपाल झर्ने समस्या एकदमै धेरै बढ्छ । यस्तोमा कपाल बलियो र स्वस्थ बनाउन चाहनुहुन्छ भने च्याउको सेवन गर्नुहोस् ।
जानौं च्याउले स्वास्थ्यसँगै कपाललाई पनि गर्ने फाइदाबारे ।
च्याउमा भिटामिन, पोलीफेनोल, पोलीसैकेराइड र एन्टीइन्फ्लामेटरी जस्ता पोषक तत्वहरु पाइन्छन् जसले कपाललाई बलियो बनाउन सहयोग गर्छन् ।
यदि तपाईंको कपाल तीव्र गतिमा झरिरहेको छ भने च्याउको सेवन गर्नुहोस् । यसमा पाइने पोषक तत्वले कपाल झर्न कम गर्छ ।
कपालमा अत्यधिक रुखोपन हुनाले पनि चमक हराउँछ । कपाललाई फेरि चमकदार बनाउन च्याउ खान सकिन्छ । च्याउ नियमित खाँदा यसले कपालमा पोषण पुर्याउँछ ।
शरीरमा कपरको कमीले पनि कपालको वृद्धि विकास रोकिन्छ । यस्तोमा च्याउलाई कपरको एकदमै राम्रो स्रोत मानिन्छ । यसको सेवनले कपालको लम्बाई बढ्न पनि सहयोग गर्छ ।
यसले टाउकोमा हुने रक्तप्रवाहलाई राम्रो बनाउँछ । जसले गर्दा कपाल स्वस्थ हुन्छ । यदि तपाईं नियमित रुपमा च्याउको सेवन गर्नुहुन्छ भने तपाईंको कपाल छिटो फुल्ने समस्या पनि हुँदैन ।
Facebook Comment
Comment