एजेन्सी । च्याउ खानका लागि जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, भिटामिन्स, पोटाशियम, फस्फोरस र एन्टीअक्सिडेन्ट जस्ता धेरै पोषक तत्व पाइन्छन् ।
एन्टीअक्सीडेन्ट र फाइटोक्यामिकल्सले यसलाई एन्टीब्याक्टेरियल र एन्टीफंगल बनाउँछन् । यसले हामीलाई मौसमी संक्रमणबाट जोगाउँछ र इम्यूनिटीलाई बलियो बनाउँछ ।
च्याउमा पोलीसेकेराइड हुन्छन्, जसले प्रीबायोटिक्सको रुपमा काम गर्दछन् । यसले हाम्रो पाचन प्रणालीलाई सही राख्छ । यसमा एन्टीब्याक्टेरियल र एन्टीमाइक्रोबियल गुण हुन्छन् । यसले छालासम्बन्धी रोगहरुबाट पनि बचाउने काम गर्छ ।
च्याउमा फोलिक एसिड र आइरनको मात्रा पनि प्रसस्त हुन्छ । यसको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि बढ्दछ । साथमा यसमा क्यालोरी र फ्याटको मात्रा एकदमै कम हुन्छ । जसले गर्दा तौल पनि नियन्त्रित रहन्छ ।
च्याउमा त्यस्ता मिनरल्स पनि पाइन्छन् जसले हामीलाई क्यान्सर जस्तो स्थितिबाट पनि बचाउन सहयोग गर्छ । च्याउको सेवन हाम्रो दिमागको लागि पनि एकदमै फाइदाजनक मानिन्छ ।
Facebook Comment
Comment