काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयनका लागि आफूले राष्ट्रिय सभामा उम्मेदवारी दिएको बताएका छन् ।
विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी बोकेर मैदान उत्रिएको बताएका हुन् ।
उनले राष्ट्रिय सभाबाट प्रदेश सरकारलाई बलियो बनाउन खेल्नु पर्ने भूमिका आफूले इमान्दारपूर्वक निर्वाह गर्ने बताए ।
उनले संघीयताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नदिने बताए ।
लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन नभएकाले त्यो उद्देश्य पूरा गर्नेतर्फ राष्ट्रिय सभामा गएर काम गर्ने सिटौलाले दाबी गरे ।
संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको उनको भनाई छ । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सरकारजस्तो बनाउनकालागि राष्ट्रिय सभामा पुगेर प्रभावकारी काम गर्ने बताए ।
संघीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्दै सिटौलाले अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य, र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ आफ्नो भूमिका रहने बताए
Facebook Comment
Comment