सांसदलाई सेनापतिको प्रतिप्रश्न : चारवटा रुख काट्न नौ महिना लाग्छ, कसरी फास्ट ट्रयाकको काम छिटो सक्नु ?

प्रधान सेनापति प्रभुराम शर्माले सरकारी नीतिकै कारण फास्ट ट्रयाक निर्माणले अपेक्षाकृत गति लिन नसकेको बताएका छन् ।

नेपालभ्युज

सांसदलाई सेनापतिको प्रतिप्रश्न : चारवटा रुख काट्न नौ महिना लाग्छ, कसरी फास्ट ट्रयाकको काम  छिटो सक्नु ?

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सरकारी नीतिकै कारण फास्ट ट्रयाक निर्माणले अपेक्षाकृत गति लिन नसकेको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधान सेनापति शर्माले उल्टै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘चारवटा रुख काट्न नौ महिना लाग्छ । हामीलाई नियम दिनोस् । मैले यसअघि प्रधानमन्त्री र रक्षामन्त्रीलाई देखाएको रुख अझै काट्न सकिएको छैन ।’

उनले विभिन्न समयमा हुने अवरोधका कारण पनि काममा समस्या भएको बताए । ‘जमिन पाएको छैन, रुख काट्न पाइएको छैन । खोकनाको विषयमा डुकुछापमा रोक्ने कि के गर्ने भनेर सामाजिक र सांस्कृतिक पक्ष हेरेका छौ’, समिति बैठकमा उनले भने, ‘१२ अर्ब सस्तोमा काम लगाइरहेका छौं ।

उनले राजनीतिक स्वार्थ अनुसार कम्प्लेन आउने गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved