मौसम: पश्चिमी वायुको प्रभाव

नेपालभ्युज

मौसम: पश्चिमी वायुको प्रभाव

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार उच्च भेगमा हिमपात हुने छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved