भगवती हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

नेपालभ्युज

भगवती हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीका लागि १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई सो लाभांश घोषणा गरेको हो ।

हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा आर्जन गरेको खुद मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०।५६३ प्रतिशतले हुने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

पुस २४ गते साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनी सदस्यलाई नगद लाभांश वितरण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved