एनसेल प्रकरण सम्झिँदै शेखरले भने- राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन

नेपाल भ्युज

एनसेल प्रकरण सम्झिँदै शेखरले भने- राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै नसक्ने बताएका छन् । पछिल्लो एनसेल प्रकरणलाई सम्झिँदै उनले यस्तो बताएका हुन् ।

शनिवार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन नेता कोइरालाले भने— भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ । जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरू नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।

देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved