काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
दुबईको आइसीसी एकेडेमी ओभल–२ मा शुक्रबर भएको खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो।
रुवातमा राम्रो गरे पनि प्रभावशाली बलिङलाई निरन्तरता दिन नसक्दा नेपालमाथि हावी हुन पुग्यो। १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो। अजान अवैसले ६२ बलमा अविजित ५६ रन बनाए। मोहम्मद जिशानले भने २० रनमा अविजित रहे।
तेस्रो विकेटको लागि शाहजैब खान र साद बैगले १०७ बलमा १०८ रनको साझेदारी नेपालको लागि महङ्गो बन्न पुग्यो। कप्तान सादले पाकिस्तानको लागि ५६ बलमा ५६ रन बनाए। नेपालको लागि गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भएको हो। नेपालको लागि उत्तम मगरले ५१ रन बनाए। उनले ७६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। १६ ओभरको समाप्तीमा ५ विकेट गुमाएसँगै धरमराएको नेपाली ब्याटिङलाई उत्तम र दिपेश कंडेलको साझेदारीले सम्हाल्यो। उत्तम र दिपेशले १०० बलमा ६८ रनको साझेदारी गरे।
सुबास भण्डारी ८ रनमा अविजित रहे। दिपेश कंडेलले ३१ रन र अर्जुन कुमालले २१ रन बनाए। नेपालका ५ खेलाडीले दोहोरा अंक बनाउन सकेनन्। कप्तान देव खनाल र विपिन रावल भने डगआउट भए।
Facebook Comment
Comment