रुसी सेनामा गएका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रमन्त्रीको आग्रह, मस्कोस्थित दूतावासमा सम्पर्क गर्न सुझाव

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा गएका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । उनले सुरक्षितसँग स्वदेश फर्कनका लागि मस्कोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सुझाव पनि दिएका छन् । 

नेपालभ्युज

रुसी सेनामा गएका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रमन्त्रीको आग्रह, मस्कोस्थित दूतावासमा सम्पर्क गर्न सुझाव

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा गएका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । उनले सुरक्षितसँग स्वदेश फर्कनका लागि मस्कोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सुझाव पनि दिएका छन् ।

मस्कोस्थित दूतावासको सम्पर्कमा आएका नेपालीलाई क्रमशः नेपाल ल्याइने उनको भनाइ थियो । शुक्रबार संसदीय सुनुवाइ समितिमा बोल्दै पराराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई छुटाउन भारतको दिल्ली र जर्मनीको बर्लिनमा रहेको दूतावासमार्फत प्रयास भइरहेको पनि बताए ।

रुसी सेनामा गएका नेपाली बन्धक भएको पाइए रिहा गर्नेमा युक्रेन सहमत भएको पनि उनले जानकारी दिए ।

उनले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको लागि इजरायल सरकारसंग वार्ता जारी रहेको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved