एजेन्सी । प्रायः हामीले अन्डाको प्रयोग गरेपछि त्यसको बोक्रालाई फाल्ने गर्छौं । कतिपयलाई थाहा हुन पनि सक्छ तर धेरैलाई थाहा नहोला अन्डाको बोक्राको एकदमै राम्रो मल बन्छ ।
अन्डाको बोक्राको सहयोगले हामीले प्राकृतिक रुपमा मल बनाउन सक्छौं । बोक्रालाई मलको रुपमा प्रयोग गर्ने तरिकाबारे जानौं ।
- अन्डाको बोक्राबाट मल बनाउन सबैभन्दा पहिला यसलाई एउटा भाँडोमा जम्मा गर्नुहोस् । त्यसपछि सबै बोक्रालाई राम्रोसँग धुनुहोस् ।
- अन्डाका बोक्रालाई धोएपछि केहीबेर सुक्नका लागि छोड्नुहोस् । यसो गर्नाले तपाईं सजिलै मल बनाउन सक्नुहुन्छ ।
- जब सबै अन्डाका बोक्रा सुक्छन् त्यसपछि यसलाई मिक्सरमा राखेर मसिनो बनाएर पिस्नुहोस् । त्यसपछि यस पाउडरलाई भाँडोमा राख्नुहोस् ।
- अब यो प्राकृतिक मल बनेर तयार हुनेछ । यो पाउडरलाई सिधै आफ्ना विरुवाको माटोमा मिसाउनुहोस् ।
- यदि तपाईंको विरुवामा पटक पटक किरा लाग्छन् भने अन्डाको बोक्राको प्रयोग गर्नु एकदमै राम्रो हुन्छ । अन्डाको बोक्राको मलले विरुवामा लागेका किरा पनि मार्छ ।
Facebook Comment
Comment