काठमाडौं । रुसी सेनामा जाने तयारीमा थुप्रै बहालवाला प्रहरी रहेको खुलेको छ । नेपालीलाई रुसी सेनामा पठाउने गिरोह सार्वजनिक गर्दै बुधबार प्रहरीले उक्त तथ्य खुलाएको हो ।
गिरोह सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले भने, ‘बहालवाला र पूर्वप्रहरी तथा सेनासम्बन्धी सीप हुने भएकाले उनीहरु रुसी सैनिकमा भर्ना हुन सजिलो हुने गरेको अनुसन्धानमा खुलेको छ ।’
सैनिक हुनका लागि रुस जान चाहनेहरु धेरै भएको खुले पनि को–को भन्ने पत्ता नलागेको उनले बताए ।
प्रहरीले नेपालीलाई रुसी सेनामा पठाउने भन्दै ठगी गर्ने गिरोहका १२ जनालाई बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा र रकमसमेत बरामद भएको छ।
Facebook Comment
Comment