नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो ।

नेपालभ्युज

नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौं । प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा र रकमसमेत बरामद भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved