चर्चित कार्यक्रम ‘सीआईडी’का इन्सपेक्टर ‘फ्रेडरिक’को निधन

नेपालभ्युज

चर्चित कार्यक्रम ‘सीआईडी’का इन्सपेक्टर ‘फ्रेडरिक’को निधन

काठमाडौं । भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा ‘फ्रेडिक्स’को भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ ।

दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताइएको छ । यसअघि आइतबार हृदयघात भएको खबर आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतीय मिडियाका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरेका छन् ।

दयाले भने, ‘दिनेशले बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ उनी ५७ वर्षका थिए ।

अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने बताइएको छ ।

सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बनेका थिए ।

उनले लोकप्रिय सिरिज तारक मेहताका उल्टा चश्मामा पनि अभिनय गरेका थिए । उनले सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका निभएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved